काठमाण्डौ । दोश्रो बजारमा केही साताअघिदेखि चम्किरहेको गुराँस लाइफ इन्स्योरेन्सले सतप्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

यो कम्पनीले फागुन २२ गतेलाई बुक क्लोजको मिति तोकेको हो । 

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको ९ औं वार्षिक साधारणसभाबाट पारित हाल कायम रहेको ९३ करोड ८५ लाख २० हजार चुक्तापूँजीको सतप्रतिशत अर्थात १ः १ को अनुपातमा हकप्रद सेयर निश्कासन प्रयोजनका लागि फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यसको अर्थ यो कम्पनीको सतप्रतिशत हकप्रद सेयर खरीदका लागि योग्य हुन चाहनेले फागुन २१ गतेभित्र सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

यो कम्पनीको दोश्रो बजारको सेयरमूल्य ८५० भन्दा माथि पुगिसकेको छ ।