काठमाण्डौ ।  गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टले तेस्रोपटक जित निकाल्दै ह्याट्रिक पूरा गरेका छन्। 

बिष्टले नेकपा एसकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रोपटक विजयी भएका हुन्। उनले झाँक्रीलाई २ हजार ३४ मतान्तरले पारजित गरेका हुन्। 

बिष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन्। झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्। 

यसअघि बिष्ट यही क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए। 

बिष्ट विजेता बनेको निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरेको छैन।