काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले थप एक शाखाका साथै २ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
फाइनान्सले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा सञ्चालित एक्सटेन्सन काउन्टलाई २३ औँ शाखामा परिणत गरी सञ्चालनमा ल्याएको हो। त्यस्तै जीतपुरसिमरा–१५ मा र रौतहटको मौलापुर नगरपालिका–५ मौलापुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
योसँगै फाइनान्सको देशभर शाखा संख्या २३ र एक्सटेन्स संख्या ३ पुगेको छ।
देशका अन्य स्थानमा शाखा विस्तार गरी सरल र सुलभ बैंकिङ सेवा पुर्याउने योजनामा फाइनान्स रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19