काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा आज १८ औँ ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ६०० भन्दा बढी ज्येष्ठ नागरिकलाई भोजन प्रदान एवं ७८ वर्ष पूरा भएका सदस्यहरुको सम्मान गरिएको हो। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाका तर्फबाट मुख्य प्रबन्धक अर्चना प्रधान र वरिष्ठ प्रबन्धक शिल्पा प्रधानाङ्गले सहयोग प्रदान गरेका थिए। 

संस्थाले व्यक्तिगत खाताको हकमा रु. ३ लाखसम्मको निक्षेप बीमाका साथै अन्य बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।