काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स आजबाट २१ औँ वर्षमा प्रवेश गरेको छ। 

विगत २० वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यो फाइनान्सले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिने भएको छ। संस्थाले विगत ४ वर्षदेखि उक्त संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ। 

वार्षिकोत्सवका अवसरमा संस्थाले अझ सुदृढ, सरल, विश्वसनीय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।  

संस्थाले २३ शाखा र ४ वटा एक्सटेन्सन काउन्टहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।