काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमीटेडको साधारणसभाबाट बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
कम्पनीको माघ २७ गते शुक्रबार ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा बसेको २१ औं वार्षिक साधारणसभाले हालको चुक्तापूँजी ९५ करोड ४ लाख रुपैयाँ ६.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.३४ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
पारित भएको बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब १ करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।
साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रीमान श्रेष्ठले आ.ब. २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा संचालक समितिको निर्वाचन कार्यक्रम पनि भएको थियो, जसअनुसार संस्थापक शेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी र दिपेश गार्खाली संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सर्वसाधारण शेयरधनी समूह (ख)बाट प्रतिनिधित्व गर्ने सुजन प्रधान र सजीना अमात्य श्रेष्ठ संचालक पदमा निर्विरोध निर्वाचित भएका फाइनान्सले जनाएको छ ।
साथै यस संस्थाको माघ २७ गते नै बसेको २४८ औं संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्ष पदमा युवराज भण्डारी चयन भएका छन् ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा रु. ६ अर्ब ७८ करोड रहेको निक्षेपमा वृद्धि भई समीक्षा वर्षको अन्त्यमा रु.७ अर्ब १० करोड पुगेको छ भने कर्जातर्फ २६ प्रतिशतले वृद्धि भई गत वर्षको अन्त्यमा रहेको कुल कर्जा रु.४ अर्व ७५ करोडबाट बढेर रु. ५ अर्ब ९८ करोड पुगेको छ ।
कम्पनीको २०७९ साल माघ २३ गते सम्ममा कूल निक्षेप रु.७४३ करोड र कूल कर्जा रु.६०४ करोड भई सीडी रेसियो ८१.२९ प्रतिशतमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago