काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले स्कुल बेन्च सेट निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको छ। 

कम्पनीले ललितपुर महानगरपालिका–१२ स्थित महेन्द्र भृकुटी माविलाई स्कुल बेन्च सेट निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश केसी र प्रधानाध्यापक पुष्पराज जोशीलाई चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अर्चना प्रधान र मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको पनि उपस्थिति थियो। 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ।