काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालनमा ल्याइएको नेसनल पेमेन्ट स्विच प्रणालीको पहिलोचरणमा आबद्ध भएको छ।

यस सम्बन्धमा गुहेश्वरी मर्चेन्ट र एनसीएचलबीच आज सम्झौता भएको छ। सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनसीएचलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा गुहेश्वरी मर्चेन्टकी मुख्य प्रबन्धक अर्चना प्रधान र वरिष्ठ प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा एनसीएचएलका प्रमुख सञ्चालन अधिकृतको उपस्थिति थियो।