गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् ।
त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् ।
नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्ष २०७५÷७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक÷एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।”
गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उहाँले बताउनुभयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19