Hillary Clinton
डेमोक्रेटिक पार्टीका तर्फबाट भावी राष्ट्रपति पदको उम्मेदवार बन्न लागेकी हिलरी क्लिन्टनलाई विदेशमन्त्री हुँदा उनले व्यक्तिगत सर्भरहरुमार्फत पठाएका इमेलबारे संघीय जाँचबुझ निकाय एफबिआइले सोधपुछ गरेको छ।
उनको अभियानका प्रवक्ताले उक्त बयान स्वेच्छिक भएको बताएका छन्।
हिलरीले आफूले कुनै गल्ती नगरेको र सहज भएकाले व्यक्तिगत सर्भर प्रयोग गरेको जवाफ दिएकी छन्।
तर विपक्षीहरुले उनका कारण सयौँ गोप्य दस्तावेजहरु सबैको पहुँचमा पुग्न सक्ने टिप्पणी गर्दै आएका छन्।
उनले काम गर्दा प्रयोग गर्न बनाइएको आधिकारिक इमेल खाता संरक्षित थियो तर उनले व्यक्तिगत इमेल खाता पनि चलाउने गर्थिन्।
उनले सजिलो हुने भएकाले व्यक्तिगत खाताबाट पनि इमेल पठाएको र आफूले कुनै गल्ती नगरेको बताउने गरेकी छन्।
तर उनका राजनीतिक प्रतिद्वन्द्वीहरुले त्यो गलत विश्लेषण भएको र उनका कारण कैयौं गोप्य दस्तावेजहरु चुहिन सक्ने बताउने गरेका छन्।
हिलरीलाई एफबिआइले ३ घण्टा सोधपुछ गरेको छ तर उसले उनले वा अरु कसैले केही गल्ती गर्यो भनेर भनेको छैन्।
सोधपुछको लागि चयन गरिएको समय भने हिलरीका लागि अलि प्रतिकूल देखिन्छ।
डोमोक्रेटिक पार्टीको महाधिवेशनले केहि हप्तामै उनलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा छनौट गर्दैछ।
कानुनविद्हरुले जारी अनुसन्धानबाट हिलरीलाई अभियोग लगाइने सम्भावना नरहेको बताउँदै आएका छन्।
-बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19