काठमाण्डौ । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ ।

किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको उक्त परिमाणको जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।

गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भूकम्पमा भएको मानवीय क्षतिप्रति कम्पनीले दुख व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त सहयोग प्रदान गर्दै गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र उहाँहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’ 

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तरगतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । कम्पनीले मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका सक्रिय रहेको बताएको छ ।

साथै कम्पनीले हालै मात्र प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको पनि बताएको छ ।