काठमाण्डौ । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ। 

आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो बताएका हुन्। 

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ।