-धर्म मलाशी
काठमाण्डौ । साताको पहिलो दिन ब्रोकर हाउसमा पुुगेर त्यहाँको वस्तुुस्थिति जस्ताको तस्तै पस्कने स्तम्भ ग्राउण्ड जिरोको लागि आज हामी नक्साल, हात्तीसार र न्यूप्लाजाका केही ब्रोकर हाउसमा पुग्यौं ।
सर्वप्रथम हामी हात्तीसारमा रहेको सुुमेरु सेक्युुरीटीज प्रालिमा पुुगेका थियौ । हामी त्यहाँ पुुग्दा लगानीकर्ताहरु उपस्थित भइसकेका थिए । लगानीकर्तामा पछिल्लो साता झै आज पनि नेप्से कारोबारले ओरालो यात्रा गर्ने हो कि भन्ने चिन्ता व्याप्त थियो । आज नेपालको धितोपत्र कारोबार इतिहासमै पहिलो पटक सेयर कारोबारको अवधि ५ घण्टा पुुर्याइँदै थियो । बढाइएको अवधिमा सेयर कारोबारले कस्तो गति लिने हो भन्ने उत्साह लगानीकर्तामा रहेको पाइयो । नेप्से कारोबारको पहिलो प्रहरको सुुरुवातसँगै त्यहाँ रहेको डिस्प्ले स्क्रिनमा अंकहरु चलायमान हुुन थालेको देखियो । १३६२ बाट नेप्सेले आफ्नो यात्राको थालनी गर्यो । कारोबार सुुरु भएको केही क्षणमै नेप्से इन्डेक्स झर्न थाल्यो । यत्तिकैमा एक लगानीकर्ताले आज पनि बजारले गति लेला जस्तो देखिदैन भनेको सुुनियो । “कारोबार अवधि थपेको छ, केहीबेर कुरौ न, पछि बढि पो हाल्छ कि ?” अर्का लगानीकर्ताले भने । “कारोबार अबधि बढाउनुुभन्दा त कमिसन घटाए हुुन्थ्यो नि बरु ।” छलफलमा सरिक हुुँदै सँगै रहेका लगानीकर्ताले मुुख खोले । “वोमीको सेयर मूल्य त एक हजार पुुग्नुु पर्ने हो ८ सय वरिपरि पो घुुमीराछ” भन्दै अर्का एक लगानीकर्ताले भनेका सुनियो ।
‘पुुग्नुु त पर्ने हो नि तर सबैको घटिराको बेला पनि बढिराछ त राम्रै हो त ।’ अगाडिबाट एक लगानीकर्ताले भने ।
लगानीकर्ताको छलफल सुुन्दै डिस्प्ले स्क्रिनमा नजर डुुलाउँदा ८ वटा कम्पनीको सेयर मूल्यमा हरियो पोतिएको थियो भने ९० वटा कम्पनीको सेयर मूल्यमा रातो रंग पोतिएको थियो । रातो रंग हाबी भएकोमा चिन्तित एक लगानीकर्ताले भने “आज पनि रक्त चन्दन कै दवदवा हुुने भो बजारमा ।”
अस्ति संसदमा मजदुुर किसान पार्टीका सांसदले सेयर अनुुुत्पादक क्षेत्र भएकाले सेयर बजार बन्द गर्नुु पर्छ भने छन् हैन ?’ पछाडी पंक्तिमा बसेका लगानीकर्ता बोले । “त्यस्ता तोरीलाउरेले भनेका कुुरा गरेर नकारात्मक हल्ला नफिजाउ है मित्र ।”
लगानीकर्ताबीच भइरहेको भलाकुुसारी सुुन्दै डिस्प्ले स्क्रिनमा हेर्दा सबैजसो कम्पनीको सेयर मूल्य घटिरहेको थियो । घटिरहेको सेयर बजारलाई इंगित गर्दै एक लगानीकर्ताले ‘सेयर बजार भनेको निरन्तर बगिरहने नदि जस्तै भएको र यसले बेला बेला धार परिवर्तन गर्ने गरे पनि यसमा पानी बग्न नछोड्ने’ भनेको सुुनियो ।
करीब ४५ मिनेट जति सुुमेरु सेक्युुरिटीजमा बिताएर हामी नक्सालमा रहेको नासा सेक्युुरिटिजमा पुुग्यौं । नासा सेक्युुरिटिजमा पुुग्दा लगानीकर्ताको भिड ट्रेडिङ फ्लोरमा बाक्लै देखियो । भिड बाक्लै भए पनि निरन्तर घटिरहेको सेयर बजारले गर्दा लगानीकर्तामा उत्साह भने देखिएन । लगानीकर्ता निराश मुुद्रामा डिस्प्ले स्क्रिनमा नजर डुुलाइरहेका थिए । डिस्प्ले स्क्रिनमा नेप्से इन्डेक्स १३४२ को विन्दुुमा पुुगेको थियो । बजार घटिरहेको थियो । तर घट्ने गति भने पहिलेको साताहरुभन्दा कम थियो । “यो बजार घट्ने भनेको एक दुुई दिन मात्रै हो । पछि आफै उकालो लाग्छ ।” एक लगानीकर्ताले भनेको सुुनियो । उनको कुुरा सुुनेर संगैका लगानीकर्ताले भने, “आशा गरौं भर नपरौ । कोरोनाले बजार डामाडोल पार्ने संकेत देखिँदैछ । यस्तोमा बजारले कसरी गति लिन्छ होला र ख्वै ? लगानीकर्ता भयभित छन् । नयाँ लगानीकर्ता पनि डरले बजार प्रवेश गरिरहेका छैनन् । सेयरमा लगानी गर्नुुभन्दा मानिसहरु ग्यास र खाद्यान्न भण्डारणमा जुुटेका छन् ।”
सेयर कारोबारको अवधि एक घण्टा बढाएको विषयमा त्यहाँ रहेका लगानीकर्ताले पनि चर्चा गरेको सुुनियो । “सेयर बजार निरन्तर घटिरहेका बेला एकघण्टा घटाउनुु पर्नेमा एक घण्टा झन् थपेछन् ।” एक लगानीकर्ताले भनेको सुनियो । ‘अहिले बजारमा सेलर नै छैनन् । लगानीकर्ता घाटा खाएर बेच्ने मनस्थिीती मै छैनन् ।’ फरक प्रसंंगमा एक लगानीकर्ताले भनेको सुुनियो । ‘पहिले बजार बढ्दा सरकार हौसिएर कारोबार रकम बढाउने ध्येयले कारोबार अवधि बढाएको होला नि ।’ सँगैका लगानीकर्ताले लख काटे ।
नासा सेक्युुरिटीज पछि तेस्रो गन्तव्यको रुपमा हामी न्युुुप्लाजामा रहेको प्रिमियम सेक्युुरिटिज पुुग्यौ । त्यहाँ पनि पहिलेका ब्रोकर हाउसमा जस्तै लगानीकर्ताको भिड बाक्लै देखियो । बस्ने कुुर्सी नपाएर केही लगानीकर्ता उभिएरै भएपनि डिस्प्ले स्क्रिनमा सेयर बजारको गतिबिधि नियालिरहेका थिए । नेप्से इन्डेक्स १३४३ को विन्दुुमा पुुगेको थियो । सबै कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको थियो । एकाध बाहेक सबै कम्पनीको सेयर मूल्य रातो रंगले सजिएका देखिन्थे । सबै समूहको सेयर मूल्यमा गिरावट आइरहेको थियो । यस्तैमा लगानीकर्ताले नेपाल भ्रमण वर्ष पनि रद्ध भएको र कोरोनाले गर्दा पर्यटकको आगमनमा कमी आएको विषयले गर्दा होटल समूहको सेयर मूल्यमा व्यापक गिरावट आउने विश्लेषण गरेका सुनियो । “सोल्टीको सेयर मूल्य १०० मा आउला जस्तै भइसक्यो ।” एक लगानीकर्ताले आफ्नो तर्क राखे ।
‘बजार घिसीपिटी गर्दै फेरि पुरानै अवस्थामा आउँदैछ ।सरकारले भने एक घण्टा समय थपेछ । यो कारोबार बढाउने सरकारको टाइमिङ मिलेन ।’ अर्का लगानीकर्ताले भने ।
ग्राउण्ड जिरोकै सिलसिलामा हामी न्युु प्लाजामै रहेको दिव्या सेक्युुरिटीज एण्ड स्टक हाउस प्रालिमा गयौं । अन्य ब्रोकर हाउसभन्दा त्यहाँ लगानीकर्ताको भिड कम देखियो । लगानीकर्ता खाली भएको सिटमा खुुट्टा तानेर पल्टिरहेका देखिन्थे । केही लगानीकर्ता भने हात बाँधेर मस्त निदारहेका देखिन्थे । नेप्से इन्डेक्स कछुुवाको गतिमा घटिरहेको थियो । केही लगानीकर्ता भने मोबाइलमा तास खेलिरहेका देखिन्थे । यत्तिकैमा एक लगानीकर्ताले एचआइडिसिएल एक सय पच्चिसमा आए किन्ने योजना बनाएको सुुनियो । अर्का लगानीकर्ता पनि शिवमको सेयर मूल्य ५ सयमा पुुगेपछि किन्ने योजना बनाएको सुुनियो । उनले जोसिदै भने “यसपालि त शिवम्मा हात हाल्ने हो हाल्ने हो ।”
छलफलकै क्रममा एक लगानीकर्ताले अहिले बैंकको सेयर मूल्य पहिले नेप्से इन्डेक्स ११ सय हुँदाकै अवस्थामा पुुगेको भनेको सुुनियो । त्यस्तै अर्का लगानीकर्ताले सेयरमा आइरहेको पहिरोबाट जोगिन नेपाल टेलिकमको सेयर किन्ने योजना बनाएको सुुनियो । “टेलिकमको सेयरले नाफा त दिदैन होला तर जोगाउन भने सक्छ जस्तो लाग्छ ।’ उनले भने ।
सेयर बजारको गतिबिधी नियाल्दै गर्दा लगानीकर्ता बेलाबेलामा फेसबुुकका समाचार पनि अरुले सुुन्ने गरि पढिरहेका थिए । मोबाइलबाट समाचार पढ्दै एक लगानीकर्ताले ठूलो स्वरमा पढे, “टेकुुमा परीक्षण गरेको एक व्यक्तिमा कोरोना देखिए छ रे । ” लौ उसो हो भने भोलिदेखि ब्रोकर हाउस धाउन बन्द गर्नुुपर्ला जस्तो छ ।’ समाचार सुुनेपछि अर्का लगानीकर्ताले मुुख खोले ।
एक लगानीकर्ताले नेप्सेले सर्टटर्म कारोबारमा जोड दिइरहेको र अर्थमन्त्रीले भने लङ टर्म कारोबारमा जोड दिइरहेकोले सेयर बजारका मुुद्धाहरु बाँझिएको भनेको सुनियो । त्यस्तै अर्का लगानीकर्ताले बैंकहरुले अहिले सजिलै ऋण दिइरहेको भनेको सुुनियो । “बैंकले ५० लाखसम्मको ऋणमा सम्पत्तिको स्रोत माग्न छोडेछ । तै पनि सेयरमा लगानी देखिँदैन । किन होला यस्तो?” एक लगानीकर्ताले प्रश्न गरे ।
‘कोरोनाको प्रभाव होला नि । पुुरै विश्वको सेयर बजार झरिराछ । अब त्यस्को प्रभाव नेपालमा देखिँदैछ ।” अर्का एक लगानीकर्ताले उत्तर दिए ।
यसरी आजको समग्र सेयर कारोबारको दिन सेयर लगानीकर्ताका लागि निराशामै बित्यो । कोरोनाभाइरसले नेपालको सेयर बजार पनि सुुस्ताउने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताएको देखियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago