– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँजस्तै आज आइतबार ग्राउन्ड जिरोअन्तर्गत पोखराका विभिन्न ब्रोकर हाउसमा पुग्यौँ। पोखराका सेयर लगानीकर्ताका विचार बुझ्न हामीले यसपालि गण्डकी प्रदेशको राजधानी पोखरालाई रोजेका हौँ।
सुन्दर नगरी पोखरका लगानीकर्ताको सेयर बजारको विषयमा वर्णन गर्ने जम्मर्को हामीले गरेका छौँ। हामी ११ बज्दा नबज्दै पोखराको दीपेन्द्र सभागृहनजिक रहेको ब्रोकर नं. १४ नेपाल स्टक हाउस ब्रोकरमा पस्यौँ। त्यहाँ लगानीकर्ताको खचाखच उपस्थिति थियो। केही लगानीकर्ता भर्याङमै बसेर गफ गर्दै थिए। ‘कोरोनासँग डराएर सधैँ घरमै बसेर नि के गर्नु ? म त केही समयदेखि ब्रोकर हाउसमै आउने गरेको छु, केही समयअघि किनेको लघुवित्तको सेयर राम्रै फाइदा भएको छ’, एक लगानीकर्ताले भने।
त्यत्तिकैमा अर्का लगानीकर्ताले फोनमा कुरा गर्दै भने, ‘अब त जग्गातिर नि लाग्ने हो कि के हो ? २० हात मोहडा अनि ४० हात पिछाड भएको जग्गा ६० लाख रुपैयाँमा पाइएको छ।’
ब्रोकर हाउसको भित्रपट्टि बसेका केही लगानीकर्ताले मोबाइल हेर्दै भने, ‘अघिल्लोपटक बल्लबल्ल ४२० मा बेचेको ग्लोबल बैंक त अहिले बढेर माथि पो पुगेछ। अब एनएचपीसी र हाइड्रो पनि बढ्छन् कि क्या हो ?’
त्यसपछि पोखराकै न्युरोडमा रहेको ब्रोकर नं. ४८ त्रिशक्ति सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता कारोबारमा व्यस्त र मस्त नै थिए। त्यत्तिकैमा एक लगानीकर्ताले सोधे, ‘निफ्राको मूल्य कति पुग्ला ?’
सँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘बजारले साथ दिए त ६ सयमाथि पुग्ने पक्का छ।’
केही लगानीकर्ताले फोनमा अघिल्लो हप्ता बेचेको पैसा नआएको गुनासो गर्दै थिए। ब्रोकरका स्टाफ भने २ दिन बिदा परेकोले ढिला भएको भनेर सम्झाउँदै थिए।
त्यहाँबाट हामी पोखराकै कुमारी सेक्युरिटिज स्टक ब्रोकर नं. १ मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति थियो। त्यहाँ पनि लगानीकर्ताले मोबाइलमै बजार हेर्दै मस्त थिए। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘मैले त अलिकति नेपाल पुनर्बीमा कम्पनीको सेयर बेचेँ र सानिमा बैंक किनेँ। लगानी ठूलो भयो। खोइ कसरी व्यवस्थापन गर्ने होला ?’
त्यतिकैमा आढैमा बसेका लगानीकर्ताले जिज्ञासा राखे, ‘बजार किन घटेको हो ?’
सँगै रहेका अर्का लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको आउन लागेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई देखाएर बाठाले बजार घटाएका छन्।’
त्यहाँ केही समयको बसाइपछि पोखराकै न्युराडमा रहेको प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नं. ३२ पुग्दा त्यहाँ पनि नयाँ तथा पुराना लगानीकर्ताको बाक्लै उपस्थिति थियो। खासगरी पुरानाभन्दा नयाँ लगानीकर्ताको उपस्थिति बढी देखिन्थ्यो। यतिबेलासम्म दिनको २ बजिसकेको थियो। मोबाइल हेर्दै घटेको बजारलाई देखाउँदै एक लगानीकर्ताले भने, ‘होइन आज बजारलाई भ्यालेन्टाइन डे लाग्यो कि क्या हो ?’
अर्को लगानीकर्ताले सोधे, ‘होइन अब माइक्रोफाइनान्स किन्ने बेला भएन ?’
सँगैकाले जबाफ फर्काए, ‘केही समय हेरौँ !’
काठमाण्डौमा लगानीकर्ता थालेको आमरण अनसनको समाचार देखाउँदै भने एक लगानीकर्ताले भने, ‘इट इज गुड टाइम टु फर बाई !’
त्यहाँबाट हामी पोखराको इन्भेस्ट म्यानेजमेन्ट नेपाल ब्रोकर नं. ५३ पुग्दा लगानीकर्ताहरु कारोबारमा मस्त थिए। एक लगनिकर्ताले सोधे, ‘घटेको बेलामा राम्रो स्क्रिप्ट के होला ?’
नजिकैकोले जबाफ दिए, ‘लुम्बिनी विकास बैंक हुन सक्छ। सस्तो र राम्रो छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19