– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
बिहान ११ बज्दा नबज्दै हामी काठमाण्डौको कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) मा पुग्यौँ। बिहान पहिलो प्रहरमा बजार घटेको थियो। यहाँ हामीले लगानीकर्ता तथा ब्रोकर दुवैको विचार सुन्ने कोसिस गर्यौँ।
उक्त ब्रोकर हाउसका एक सञ्चालकले अहिले बजारमा पैसाको अभाव नै भएको बताए। बैंकहरुसँग पैसा नभएको होइन तर लगानी गर्न पर्याप्त तरलता नभएको उनको तर्क छ। उदाहरण दिँदै ती सञ्चालकले भने, ‘हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा अहिले पनि २५–२५ अर्ब पैसा छ तर लगानीगर्नलाई छैन।’
सीडी रेसियोले बैंकहरुलाई ठूलै झट्का दिएको ती सञ्चालकको तर्क छ। ‘बैंकहरुले पास भएको लोन पनि दिएका छैनन्’, उनले भने, ‘हाम्रै एक ग्राहकले लोन पास गरेर किनेको सेयर पनि बैंकले पैसा नदिएपछि पुनः बेच्नुपर्यो।’
यो सीडी रेसियो हटाएमा बैंकहरुमा झन्डै आधा खर्ब लगानीयोग्य रकम हुने ती सञ्चालकको दाबी छ। ‘यति गर्दिएमा सेयर बजार पनि चलायमान हुने थियो’, ती सञ्चालकले भने।
फ्लोरमा बसेका एक लगानीकर्ता भने आफू मितेरी डेभलपमेन्ट बैंकमा फसेको गुनासो गर्दै थिए। उनले साथीसँग भने, ‘यो बैंक मैले ७२० रुपैयाँमा किनेको बढेर ८१५ रुपैयाँसम्म पुगेको थियो। अहिले घटेर ६५० रुपैयाँ नजिक आइसक्यो।’
सँगै बसेका एक लागनीकर्ताले भने, ‘यो रिडी हाइड्रो फेरि बढ्न थाल्यो, के छ यसमा ?’
जबाफमा उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार बढ्न थालेपछि फेरि बढ्ने भनेको हाइड्रो, डेभलपमेन्ट बैंक र फाइनान्स नै हो।’
केही समयको बसाइपछि हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) पुग्यौँ। यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक पुराना लगानीकर्ताले भन्दै थिए, ‘म त अघिल्लो बुलमा भूकम्पपछि पसेको थिएँ, अहिले त नाफै भयो।’
उनीसँगै बसेका अर्का लागानीर्ताले भने, ‘यो बजारमा घटेको बेला पस्न र बढेको समयमा निस्कन जान्नुपर्छ।’
उनीहरुसँगै बसेकी एक महिला लगानीकर्ताले भन्दै थिइन्, ‘मैले बेष्ट फाइनान्स र जानकी फाइनान्स किनेको बढ्न त बढ्यो तर खातामा आएन।’
सोही ब्रोकर हाउसमा भेटिएका अर्का एक लगानीकर्ताले भने, ‘दसैँ अगाडि नबिल बैंकलगायता केही कम्पनीको १० लाखको सेयर किनेका थिएँ, नबिलमा त फाइदै भएको छ तर अरु सेयरको भाउ घटेका छन्।’
यो बेलासम्म दिनको मध्याह्नको साढे १२ बज्दै थियो। बजार घटबढ हुने क्रम जारी नै थियो। लगानीकर्तामा अन्यौलकै वातावरण देखिन्थ्यो।
केही समयको बसाइपछि हामी अनामनगरकै इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौँ। त्यहाँ पुरानाभन्दा धेरै नयाँ लगानीकर्ता भेटिए। एक नयाँ लगानीकर्ताले भने, ‘पस्यो कि फस्यो, यस्तै रहेछ सेयर बजार!’
केही समयको बसाइपछि हामी अनामनगरकै कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुग्यौँ। यो ब्रोकरमा पनि बढी नयाँ लगानीकर्ता देखिन्थे। यो ब्रोकर हाउसका एक सञ्चालकले दाबी गर्दै भने, ‘अध्ययन गरेर नै हेर्ने हो भने नेपालको सेयर बजार र ब्याजदरमा प्यारलाल सम्बन्ध हुन्छ। ब्याज बढेको समयमा पनि नेपालको सेयर बजार बढेको छ।’
सोही ब्रोकर हाउसमा भेटिएका एक पीएचडीको शोधकर्ताले आफूले कम्पनीका डाटामा इन्डिजुअल प्यारलाल अध्ययन गरेको भन्दै भने, ‘मैले पढेको–पढाएको र बजारको वास्तविकता मिल्दै मिलेको हुँदैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago