– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साता जस्तै आज आइतबार पनि हामी विभिन्न ब्रोकरहाउसमा गएर लगानीकर्ताको विचार सुन्ने तथा बुझने क्रमलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौँ। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति कमै थियो। आज बजार खुलेदेखि नै निरन्तर गिरावट आएकोले लगानीकर्तामा सन्नटा छाएको देखिन्थ्यो। एक लगानीकर्ता आफ्नो मोबाइलमा बजार हेर्दै भने, ‘आज बजारको चाल राम्रो छैन।’
बजार पहिलो प्रहरमा नै ४० अंकजतिले घटेको थियो। उनीसँगै बसेका अर्का लगानीकर्ताले घटेको बजार हेर्दै भने, ‘यो ४–१२ को त बहानामात्रै हो, वास्तविकता त केही मान्छेको बजार घटाउने खेलमात्रै हो।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार भनेको त यस्तै हो नि ! रिसाएर, कराएर केही हुन्न। अरुलाई दोष दिनुभन्दा आफैँ सचेत हुनुपर्छ। सामाजिक सञ्जालमा जसले जेसुकै भनोस्, यो हाम्रो टाउको दुखाइ होइन। हामी सचेत हुने हो।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार निरन्तर घटिरहेको थियो। केही समयको बसाइपछि हामी नक्सालकै नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ता भने, ‘आज त एनटीसी पनि घट्यो, बुल सकियो किजस्तो छ।’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘सकिएको छैन, वास्तविक बुल आउन बाँकी नै छ।’
केही समयका बसाइपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्राकर नम्बर ३९) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। दिउँसोको १ बज्दै थियो। लागनीकर्ताहरु मोबाइलमा बजार हेर्दै आपसमा खासखुस गर्दै थिए। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘धन्न अघिल्लो हप्ता नेसनल माइक्रोफाइनान्स ३८०० तिर आएन, बाई बसेको थिएँ, अहिले त राम्रै घटेर तल आएको छ।’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बोनस खाने हो भने त बुकक्लोजको अघिल्लो दिन किन्न ठिक छ। १००–२०० नाफा खाने हो भने यस्तै घटेको अवस्थामा किन्नु ठिक छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ता हातमा १२ लाख रुपैयाँको चेक देखाउँदै भने, ‘धन्न अलिकति बेचिएछ नत्र अब त के बेच्न सक्नु र !’
केही समयको बसाइपछि हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) पुग्यौँ। दिउँसोको २ बज्दै थियो। बजार एकोहोरो घटिरहेको थियो। ढाका टोपी लगाएका एक लगानीकर्ताले बजारको घटाइलाई अनौठो मान्दै भने, ‘यो साल पनि बोनस खानुभन्दा अगाडि घट्ने र बोनसपछि बढ्ने हुन्छजस्तो छ। १० प्रतिशत त सबै कम्पनीले दिएका छन्। १० प्रतिशत घटेपछि किन्यो भने त २० प्रतिशत आइहाल्यो। बजारमा यही नै होलाजस्तो छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago