– अर्जुन तिमिल्सिना
पोखरा । सधैँको साताजस्तै साताको पहिलो दिन आइतबार हामीले विभिन्न ब्रोकरमा गएर लगानीकर्ताको विचार बुझ्ने र सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यो साता पनि हामीले पोखरा र आसपासका लगाानीकर्ताका विचार बुझ्ने कोसिस गरेका छौँ। यहाँका लगानीकर्तामा अहिले परिस्थितिमा सेयर बजारको भविष्यबारे व्यापक जिज्ञासा र उत्सुकता देखियो।
आज पनि हामी सबैभन्दा पहिला पोखराको न्युरोडस्थित नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) पुग्यौँ। यहाँ लगानीकर्ताको उपस्थिति निकै पातालो थियो। धेरैजसो नयाँ लगानीकर्तामात्रै ब्रोकर हाउसमा देखिन्थे।
आज बजार बिहानदेखि नै एकै लयमा बढिरहेको थियो। बीमा कम्पनी चम्केकोप्रति लक्षित गर्दै ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘अब बजार बीमा कम्पानीले माथि लाने भयो। बीमा कम्पनीको पुँजी वृद्धि गर्ने पनि चर्चा छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘त्यसो भए त अब एनआरआईसी फेरि बढ्छ।’
केही समयको बसाइपछि हामी पोखराकै त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) पुग्यौँ। यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। यहाँ भेटिएका एक नयाँ लगानीकर्ताले जिज्ञासा राखे, ‘नेपाल लाइफ इन्स्योरेन्स लगातार किन बढिरहेको हो ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने ‘दुई वर्षको लाभांश एकपटक दिन लागेको छ भन्छन् !’
अर्का लगानीकर्ताले भने, ‘बीमा समितिको पुँजी वृद्धिको आश्वासनले होल नि।’
केही समयको बसाइपछि हामी पोखराकै न्युरोडस्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) पुग्यौँ। यतिबेलासम्म दिउँसोको २ बज्दै थियो। सेयर बजारमा चमक कायमै थियो।
त्यहाँ पनि लगानीकर्ताहरु बजारमा बढोत्तरी आएकोमा दंग थिए। एक लगानीकर्ताले भने, ‘बीमामा चमक आयो, अब पालो लघुवित्तको हो। अब बजारमा पहिलेजस्तै सेक्टरवाइज नै चल्छ। लघुवित्तको सेयर पनि निकै घटेकोले अब बीमा जसरी नै बढ्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago