– अनन्त्य सुन्दर
काठमाण्डौ । निरन्तर घट्दो क्रममा रहेको सेयर बजार आज झन्डै १८ अंकले बढेको छ। आज १ अर्ब ३२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
सधैँझैँ बिजशालाको हरेक आइतबार प्रस्तुत गरिने साप्ताहिक स्तम्भ ‘ग्राउन्ड जिरो’ का लागि हामी विभिन्न ब्रोकर हाउसमा पुगेका थियौँ। विगतका दिनका तुलनामा ब्रोकर हाउसहरुको डिस्प्ले खुले पनि लगानीकर्ताको उपस्थित न्यून थियो। कतिपय ब्रोकर हाउसमा भने लगानीकर्ता उपस्थिति नै थिएन।
अनामनगरस्थित आर्यतारा सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज तथा न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज, एसियन सेक्युरिटिज र क्रिस्टल कन्चनजंघा सेक्युरिटिजमा हामी पुग्दा लगानीकर्ताको उपस्थिति नै थिएन।
लगानीकर्ताको उपस्थिति नहुने भएकाले कतिपय ब्रोकर हाउसमा भने डिस्प्ले पनि खोलिएको थिएन।
‘डिस्प्ले किन नखोलिएको?’ भन्ने प्रश्नको उत्तर दिँदै ब्रोकर सञ्चालकका साथै त्यहाँ कार्यरत कर्मचारी दिनभरिमा डिस्प्ले हेर्न लगानीकर्ताको उपस्थिति नै नहुने भएकाले बन्द गरिएको बताउँछन्।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली अहिले ब्रोकर हाउसमा लगानीकर्ता उपस्थिति नहुनुमा प्रमुख कारण प्रविधिका विकास साथै लगानीकर्ताको हात–हातमा टीएमएस रहेको बताउँछन्। ‘अहिले दोस्रो बजारमा कारोबार गर्ने हरेक लगानीकर्ताको हात–हातमा टीएमएस छ। त्यसका साथै लकडाउनमा समूह बनाएर आफैँ डिस्प्ले सेट–अप गरेर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेको छ’, उनले भने।
‘अहिले चुनावी माहौल छ, सेयर बजारका लगानीकर्ता पनि चुनावमा होमिएको देखिन्छ’, मैनाली भन्छन्, ‘बजार निरन्तर घट्दो क्रममा भएकाले लगानीकर्तामा बजारप्रति उत्साह नभएकाले पनि लगानीकर्ता चुनावतिर लागेको बुझिन्छ। त्यसैले विगतको तुलनामा ब्रोकर हाउसहरुमा उपस्थित हुने लगानीकर्ताको संख्या घटेको देखिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago