– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सधैँझैँ साताको पहिलो दिन आइतबार हामी ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको बिचार तथा बजारको अवस्था बुझ्ने क्रम जारी नै रह्यो। अघिल्लो साताा बजारमा केही उत्तारचढाव रहेको बजारमा यो हप्ता के होला भन्ने लगानीकर्तामा एक किसिमको अन्यौलता कायमै रहेको देखियो। केही लगानीकर्ता बजारमा आएको करेक्सनलाई अवसरका रुपमा लिएका छन्।
राजधानीको नागपोखरीस्थित नासा सेक्युरिटिज ब्रोकर नं. ५८ मा पुग्यौँ। यो ब्रोकरमा आज अघिपछिभन्दा फरक देखिन्थ्यो। पहिलेजस्तो भीडमभाड थिएन। केही लगानीकर्ता सेयर खरिदबिक्रीमा व्यस्त देखिन्थे। त्यहाँको माहोल हेर्दा लगानीकर्ता निकै सुझबुझका साथ निकै छिटोछिटो बजारको ट्रेन्ड हेरेर कारोबार गर्छन् कि जस्तो देखिन्थे भने कसैले लाइभ टेक्निकल हेरेर तुरुन्तै निर्णय लिन्थे। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अप्पर त माथि नै जान्छजस्तो छ राष्ट्रपतिले रिबन काटेर उद्घाटन गर्ने रे।’
नासामै रहेका अर्का लगानीकर्ताले लघुवित्तको सेयरतिर इंगित गर्दै भने, ‘लक्ष्मी लघुवित्त र विजय लघुवित्त पनि राम्रै छन्, त्यत्तिकैमा अर्को लगानीकर्ताले लक्ष्मी त राजेन्द्र खेतानको स्वाट्टै माथि जान सक्छ।’
त्यहाँबाट हामी नक्सालमै हाल नयाँ भवनमा सरेको ब्रोकर ४२ सनी सेक्युरिटिज पुग्दा त्यहाँ भने निकै भीडभाड थियो भने लगानीकर्ताहरु आपसमा छलफल गर्दै मोबाइलमा बजार हेर्दै थिए। त्यत्तिकैमा एक महिला लगानीकर्ताले भनिन्, ‘यो बजारमा बेचेर जति हात पार्यो, त्यही नै आफ्नो हो है।’
आडैमा बसेका एक पुरुष लगानीकर्ताले आफूले अघिल्लो बुलमा बैंक अफ काठमाण्डू १२ सय माथि किनेको अहिले सबै समायोजन गर्दा नाफैँ रहेको भन्दै थिए। छेवैका अर्का लगानीकर्ताले आफूले अघिल्लो हप्ता डिप्रोक्सको सेयर २ हजारमा बेचेको तर २३ सय पुग्दा बेच्न नसकेको भनी गुनासो गर्दै थिए। उनले भने, ‘झन्डै ५०\६० हजार जति कम नाफा भयो नि !’
केही समयको बसाइपछि हामी त्यहाँबाट श्रीकृष्ण सेक्युरिटिज स्टक ब्रोकर नं. २८ तर्फ लाग्यौँ। त्यहाँ भने सबैलाई भित्र पस्ने अनुमति थिएन। हामीले परिचय देखाएपछि टाउको कन्याउँदै एक कर्मचारी ‘सोध्नुपर्छ’ भन्दै भित्र छिरे र आउन अनुमति दिए। त्यहाँ प्रायः लगानीकर्ताको अडर बहिरबाटै लिइन्छ।
बाहिर बसेका एक लगानीकर्ताले भने निफ्रालाई एनआरआईसीसँग जोड्दै भने, ‘निफ्रामा खरिद मुभमेन्ट आउँछ कि जस्तो छ।’
उनीसँगै रहेका अर्का लगानीकर्ताले भने, ‘अझै एकपटक त निफ्रा नै चल्छ होला ?’
त्यहाँबाट हामी एसियन सेक्युरिटिज प्रालि ब्रोकर नं. २६ पुग्दा त्यहँ पनि लगानीकर्ता खरिदमा मस्त थिए। एक लगानीकर्ता भन्दै थिए, ‘आजको राजनीति के हुने हो ?’
जबाफमा सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अझै केही दिन अन्यौल हुन सक्छ।’
त्यत्तिकैमा एक लगानीकर्ता उठेर गए र केही लघुवित्तको सेयर बेच्न आदेश दिए। त्यहाँ सेयर खरिद गर्नेभन्दा बिक्री गर्ने बढी थिए।
न्युप्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज स्टक ब्रोकर नं. ५० पुग्दा त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। पुरानाभन्दा नयाँ लगानीकर्ता बढी देखिन्थ्यो भने अघिल्लो हप्ता घोषणा गरेको एसियन लाइफले केही नदिएकोमा गुनासो गर्दै थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago