– अनन्त्य सुन्दर
काठमाण्डौ । बिजशालाको नियमित स्तम्भ ‘ग्राउन्ड जिरो’का लागि हरेक साताझैँ आज आइतबार हामी विभिन्न ब्रोकर हाउसमा गएर लगानीकर्ता तथा बजारमा भइरहेको गतिविधिलाई पाठकमाझ पुर्याउने कार्यलाई निरन्तरता दिएका छौँ।
आज काठमाण्डौस्थित विभिन्न ब्रोकर हाउसमा पुग्दा शिवम सिमेन्ट चर्चाको विषय रहेको पाइयो। केही साताअघि शिवमको प्रोमोटर सेयर पब्लिकमा कन्भर्ट भएसँगै ठूलो पुँजीबजारबाट बाहिरिरहेको छ। त्यसैले ब्रोकर हाउसमा उपस्थित लगानीकर्ताहरु नियामकले रियल सेक्टरको प्रोमोटर सेयर खरिदबिक्रीमा लगाम लगाउनुपर्ने अभिव्यक्ति राख्दै थिए।
अनामनगरस्थित आर्यतारा सेक्युरिटिज (ब्रोकर नं. ५७) मा पुग्दा लगानीकर्ता आउने–जाने क्रम जारी रहेको थियो। उपस्थित एक लगानीकर्ता छेउमा बसेका अर्का लगानीकर्तालाई आज कुन हेर्ने हो ? भनेर प्रश्न गर्दै थिए। उनको प्रश्नको प्रतिउत्तर दिँदै सँगै बसेका ती लगानीकर्ताले भने, ‘हेर्ने त हाइड्रो र फाइनान्स नै रहेछ।’
‘नेपाल लाइफ २५०० पुगेको देख्न पाइन्छ कि पाइँदैन होला ?’, अर्का लगानीकर्ताले सोध्दै थिए। ठट्यौली पारामा उनको छेउमा नै बसेका लगानीकर्ताले नेप्से ५००० पुगे पनि नेपाल लाइफ १ हजारमुनि नै हो भनेर हास्दै जबाफ फर्काए।
अनामनगरमै रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)मा उपस्थित एक लगानीकर्ता हाइड्रो वा सिमेन्टको प्रोमोटर सेयर हात पार्न पाए मालामाल हुने बताउँदै थिए। छेउमा नै बसेका अर्का लगानीकर्ताले आक्रोश पोख्दै अहिले बजार अस्थिर हुनुका साथै गिरावट आउनुको प्रमुख कारण नै प्रोमोटरहरु रहेको बताए। ‘हाइड्रोको प्रमोटर र शिवमको प्रोमोटरले गर्दा यो बुलमा बजारबाट अर्बौं रुपैयाँ बजार बाहिर गएको छ’, ती लगानीकर्ताले भने।
‘यसपालिको बुलमा त सबैभन्दा मालामाल हाइड्रोको प्रोमोटरहरू भएका छन्’, उपस्थित अर्का लगानीकर्ताको अभिव्यक्तिमा होमा हो मिलाउँदै छेउमा बसेका अर्का लगानीकर्ताले गुर्खाज फाइनेन्सबाट पनि लगानीकर्ताले सत प्रतिशत कमाए भन्दै थिए।
न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२)मा उपस्थित लगानीकर्तामा पनि प्रोमोटर सेयरको नै चर्चा हुँदै थियो। ‘घोराही सिमेन्टले पनि आईपीओ निष्कासन गर्दै रहेछ’, त्यहाँ उपस्थित एक लगानीकर्ताले भन्दै थिए।
‘अब सिमेन्ट कम्पनीहरुले शिवमले जस्तै बजारबाट पैसा लगेर बजार नै धराशायी बनाउने भए। सर्वोत्तम पनि आईपीओका लागि ठिक्क बस्या होला’, त्यहाँ उपस्थित अर्का लगानीकर्ताले भने।
सेबोनले पनि हाइड्रो, सिमेन्टजस्तो कम्पनीको प्रोमोटर सेयर खरिदबिक्रीका साथै सञ्चालकहरुमा पनि बैंक, बीमाको जस्तै लगाम लगाउनुपर्ने अर्का एक लगानीकर्ताले बताए।
न्युप्लाजामै रहेको एसियन सेक्युरिटिज (ब्रोकर नं. २६)मा लगानीकर्ताको उपस्थिति पातलो थियो। उपस्थित लगानीकर्ता पनि केवाईसी फर्म भर्न व्यस्त देखिन्थे। पछिल्लो समय मेरो सेयर र डिम्याट खाता हुनेको संख्या बढेसँगै दोस्रो बजारमा कारोबार गर्नका टीएमएस खाता खोल्नेको संख्या पनि बढ्दो छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago