– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालककाविचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिल्सिलामा आज हामी सबैभन्दा पहिले ११ बज्दा नबज्दै सुन्धारस्थित सुन्धार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)मा पुग्यौँ। आज बजार बिहान सुरुदेखि नै सामान्य अंकले घटिरहेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो।
बजारको पछिल्लो अवस्थाको विषयमा हामीले ब्रोकर सञ्चालकसँग पनि कुराकानी गर्यौँ। ब्रोकर सञ्चालकले नयाँ ब्रोकरहरुको आगमन बजारका लागि निकै राम्रो हुने बताए। ‘अब बजार चुनावले भन्दा पनि नयाँ आउने ब्रोकर र तिनीहरुले बजारमा ल्याउने क्यापिटलले बजार चलयमान हुनेछ’, ती सञ्चालकले भने, ‘अब आउने ब्रोकर भनेको हामीजस्ता साना पुँजीका नभएर कम्तीमा २० करोड पुँजी भएका संस्थागत ब्रोकर हाउस आउनेछन्। उनीहरुले त्यो पुँजी बजारमै लगाउने भएकोले नयाँ ब्रोकर आउनु भनेको बजारमा पुँजी पनि आउने भएकोले ४–५ महिनापछि बजार साँच्चिकै गति लिने अपेक्षा राख्न सकिन्छ।’
यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार निरन्तर ओरालो लागेको थियो। सुन्धार सेक्युरिटिजमा केही समयको बसाइपछि हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। बजार घटेकोतर्फ इंगित गर्दै एक लगानीले भने, ‘यस्तो घटेको बेलामा कसैलाई किन्ने आँट नै आउँदैन।’
सोही ब्रोकरमा अर्का एक लगानीकर्ताले अघिल्लोपटक बजार राष्ट्र बैंकको क्यापिटल प्लानले बढेको र योपटक बजार कोभिडका कारण बढेको बताए। ‘बजार बढ्नलाई ब्याजदर घट्नुपर्छ। ब्याजदर घट्नलाई रेमिट्यान्स आएर डलर बढ्नुपर्छ, टुरिजम बढ्नुपर्छ। डिजेल र पेट्रोलको भाउ घट्नुपर्छ’, ती लगानीकर्ताले भने, ‘त्यो अवस्थामा पोलिसीले पनि बजारलाई सपोर्ट गर्नुपर्छ, अनिमात्रै बजार बढ्छ।’
उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘अहिले त पुरानो मोटरसाइकल चढेर सेयर बजारमा लगानी गर्ने बेला हो। आउने बुलमा त कार नै चढ्ने पैसा हुन्छ।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘सीआईटी ५४०० रुपैयाँमा किन्नेलाई पनि घाटा भएन।
दिउँसोको १ बजिसकेको थियो। बजार सामान्य अंकले घटेको थियो। प्रज्ञान सेक्युरिटिजबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘बजार घटेर हैरान भइयो, अब त आफैँले लगानी गर्न पनि मन छैन। पोर्टफोलियो म्यानेजर खोज्नुपर्ने भयो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago