– रेखा चन्द
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार सूचक र कारोबार दुवैमा आकर्षक बढोत्तरी भएको छ।
आज हामी साप्ताहिक स्तम्भ ‘ग्राउन्ड जिरो’लाई निरन्तरता दिन बजार खुलेसँगै बिहानैदेखि विभिन्न ब्रोकर हाउस पुगेका थियौँ। प्रायः ब्रोकरमा भेटिएका लगानीकर्ताहरुमा बजार बढेसँगै उत्साह देखिएको थियो।
लामो समयदेखि यी दुुबै सूूचकमा सुुुस्तता छाउँदा लगानीकर्तामा पनि निराशा छाएको थियो। तर, आज बिहानैदेखि बजार बढ्दा भने लगानीकर्ताहरुले केही राहात महसुस गरेका थिए।
बजार खुलेको झन्डै आधा घन्टा भइसकेको थियो। हामी काठमाण्डौको अनामनगरस्थित दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८)मा पुग्यौँ । त्यहाँ लगानीकर्ताको उपस्थित न्यून रहे पनि आएका केही लगानीकर्ता बजार बढेकोमा खुसी नै देखिन्थे। डिस्प्ले खुल्लै थियो। बजार उकालो लाग्दै थियो।
दीपशिखामा केही समयको बसाइपछि हामी अनामनगरमै रहेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) मा छिर्यौं। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। कार्यालयमा डिस्प्लेमा बजार गतिविधि नियालिरहेका केही लगानीकर्ता भने बजार दिगो रुपमा बढ्नेमा विश्वस्त देखिँदैन थिए। ‘आज बजार बढाए पनि भोलिदेखि घट्न सक्छ’, एक लगानीकर्र्ता भने, ‘केही कम्पनीको भाउ बढे पनि अरुको खासै बढेको छैन। आज बजार बढाए, भोलि घटाउँछन् होला !’
कुनै पनि पार्टी बहुमत नआएको यसपालि पनि मिलिजुली सरकार बन्ने अर्का एक लगानीकर्ता बताउँदै थिए। ‘सरकारको नेतृत्व जसले गरे पनि माओेवादीको अर्थमन्त्री नआए हुन्थ्यो’, ती लगानीकर्ताले भने, ‘यदि पहिलेको जस्तै हो भने सेयर बजार त के पूरै अर्थतन्त्र डामाडोल हुन्छ। प्रधानमन्त्री जुन दलको भए पनि माओवादीको अर्थमन्त्री नअनाइदिए हुन्थ्यो।’
त्यसपछि हामी भिजन सक्युरिटिज (स्टक ब्रोकर नं. ३४) मा गयौँ। दिउँसोको १ बज्दै थियो। भिजनमा भने पाका तथा युुवा लगानीकर्ताको उपस्थिति निकै बाक्लो थियो। लगानीकर्ता आउने र जाने क्रम चलिरहेको थियो। बजार पनि निरन्तर बढिरहेकै थियो।
त्यहाँ लगानीकर्ताबीच अब बन्ने सरकार र कतारमा चलिरहेको फिफा विश्वकपको निकै गफ चलिरहेको थियो। बजार बढेकोमा लगानीकर्ता उत्साहित देखिन्थे। कोही लगानीकर्ता भन्दै थिए, ‘बजार बढ्नेबित्तिकै सेयर बेच्ने प्रवृत्ति बढेकोले बजारको बढाइ टिकाउ देखिँदैन।’
बजार २० अंकमाथि जाँदा एक पाका लगानीकर्ता खुुसी हुुुँदै भने, ‘बजार कहाँ घट्छ अब ? अब बढ्दै जान्छ।’
त्यहाँ अर्का एक लगानी एचआईडीसीएलको सेयर चलखेल भएको गुनासो गर्दै थिए। ‘अस्ति–अस्ति एचआइडीसीएको सेयरमूल्य बढाएर सोझालाई भिडाए’, उनले भने, ‘अहिले सामसुुम पारे। अहिले फेरि बोनस बढी दिने हल्ला गरेर बढाउन खोज्दैछन्।’
उनीसँगैका अर्का लगाीकर्ता बजार बढेर २० अंकमाथि पुुग्दा डिप्रोक्स लघुुवित्तको सेयर छिट्टै बेचेकोमा पछुताउँदै थिए। उनले भने, ‘घट्छ जस्तो लागेर बेचिहालियो। अहिले बजार बढेको बढ्यै छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago