– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ। अघिल्लो साता घटेको बजारमा यो साताको पहिलो कारोबार दिनमै गिरावट आएपछि ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताहरुबीच संशय देखिएको छ।
सधैँझैँ यो साताको पहिलो दिन आइतबार विभिन्न ब्रोकर हाउस पुगेर हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
सबैभन्दा पहिले आज हामी काठमाण्डौको कमलादीस्थित मल्ल एन्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नं. ११)मा पुगेका थियौँ। बजार बिहानैदेखि घटेको थियो।
उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। त्यहाँ भोटिएका एक लगानीकर्ताले बजार १८८० बाट खसेको हुँदा अब बजार १८०० सम्म बटम आउन सक्ने बताए। उनले भने, ‘१८०० भन्दा पनि तल आए त किन्नुपर्छ।’
उनको विचारलाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘पैसा हुनेले किन्ने हो।’
सिवाईसी लघुवित्तको सेयरभाउ घटेकोप्रति इंगित गर्दै त्यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘लौ साइकल पञ्चर भयो। अस्ति–अस्ति त खुब दौडेको थियो।’
केही समय हामीले ब्रोकर सञ्चालकसँग पनि कुराकानी गर्यौैँ। ब्रोकर सञ्चालकले केही सरकारी बैंकहरुले राम्रा ग्राहकलाई सेयर लोन दिइरहेको बताए। ‘आजको कारोबार र भोलुम हेर्दा बाठा लगानीकर्ता र बैंकहरुले नै सेयर उठाइरहेका हुन सक्छन्’, ती सञ्चालकले भने।
यसैबीच ती सञ्चालकको मोबाइलमा अस्ट्रेलियाबाट फोन आयो। जबाफ फर्काउँदै ती सञ्चालकले भने, ‘ब्याज नघट्दा बजार घट्यो। पैसा हुनेले अहिले किने हुन्छ।’
मध्याह्नको १२ बजिसकेको थियो। बजार एकोहोरो घटिरहेको थियो।
त्यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले एचडीएलको सेयर पनि शिवमको जस्तै प्रमोटर सेयर होल्डरले बेचेको दाबी गरे।
केही समयको बसाइपछि हामी कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। त्यहाँ भेटिएका एक लगानीकर्ताले निराश हुँदै भने, ‘गएको साता त फाइदामै थियो, पोर्टफोलियो आज त ५० हजार रुपैयाँ घाटा भयो। बजार त १६०० मै आउँछ कि क्या हो ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले बजार त्यसरी एकैपल्ट नघट्ने दाबी गरे।
सोही ब्रोकर हाउसको फ्लोरमा भेटिएका ब्रोकर सञ्चालकले लगानीकर्तासँगै चिया गफ गर्दै भने, ‘अहिले नेपालमा आर्थिक सुपेरिवेक्षणका लागि आईएमएफको टोली आएको छ। त्यसै कारणले पनि लगानीकर्ता डराएका हुन सक्छन्।’
दिउँसोको १ बजेको थियो। बजार २५ अंकभन्दा बढीले घटेको थियो।
त्यहाँबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। लगानीकर्ताहरु भने घटेको बजारमा सेयर उठाउनुपर्ने तर्क गर्दै थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19