– प्रकाश न्यौपाने
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले काठमाण्डौमा रहेका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने प्रयास गरेका छौँ।
आज हामी बिहान ११ बज्दा नबज्दै नक्सालस्थित मल्ल एन्ड मल्ल ब्रोकिङ कम्पनी (स्टक ब्रोकर नं. ११) पुग्यौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। बजार खुल्नासाथ केही समय सामान्य अंकले बढे पनि फेरि घट्न थालेको थियो। लगानीकर्ताहरु भन्दै थिए, ‘आज पनि धेरै घट्छ कि क्या हो ?’
राजनीतिकै कारण बजार घटेको अनुमान लगाउँदै थिए। ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले गुनासो पोख्दै भने, ‘राम्रो बोनस दिने भनेर लघुवित्त सेक्टरमा लगानी गरेँ तर पछिल्लो समय राष्ट्र बैंकको नीतिका कारण १५ दिनमै मलाई ठूलो घाटा भयो।’
त्यहाँ केहीबेरको बसाइपछि हामी थ्राइभ ब्रोकरेज हाउस (स्टक ब्रोकर नं. १३) पुग्यौँ। थ्राइभमा पनि लगानीकर्ताको खासै उपस्थिति थिएन। त्यहाँ रहेका एक लगानीकर्ता पनि राजनीतिक अन्यौल र धेरै बिदा परेका कारण पनि लगानीकर्तामा उत्साह नआउँदा खरिद चाप बढ्दा बजारले करेक्सनको बाटो समाएको बताए। ‘घट्दो बजारमा सस्ता र बोनस, हकप्रद बाँकी रहेका कम्पनी उठाउँदा केही समयपछि राम्रो नाफा कमाउन सकिन्छ’, ती लगानीकर्ताले भने।
त्यहीँ रहेका अर्का लगानीकर्ताले चिलिमेजस्तो कम्पनीमा दीर्घकालीन लगानी र अपर तामाकोशीजस्तो सेयरमा माहोल हेरेर अल्पकालीन लगानी गर्दा राम्रो नाफा कमाउन सकिने बताए।
थ्राइभपछि दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको सामान्य उपस्थिति थियो। हामी त्यहाँ पुग्दा दिउँसो करिब १ बजेको थियो। बजार २५ अंकवरिपरि झरेको थियो।
त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘अब बजार अर्को महिना नलागी नबढ्ने भयो। चैतमा बैंकको ब्याजदर घट्ने समाचार आयो भने फेरि सेयर किन्नै नपाउने गरी बढ्छ। अहिले घटेका बेला थोरै–थोरै खरिद गर्दै आएको छु।’
दिउँसोको करिब २ बजेको थियो। हामी अनामनगरस्थित आर्यतारा सेक्युरेटिज (ब्रोकर नं. ५७) मा पुग्यौँ। त्यहाँ भेटिएका एक लगानीकर्ता भने, ‘भोलि फागु पूर्णिमा (रङ खेल्ने दिन) हो। तर, बजारले आजै खेल्यो। अब होली मनाएर राष्ट्रपतिको निर्वाचन सकेर बल्ल बजारले हरियो कपडा लगाउला।’
अर्का एक लगानी लगानीकर्ताले भने फागुन २५ गते बिहानसम्म फेरि अर्को नयाँ राजनीतिक घटनाक्रम देखा पर्नसक्ने आशंका गर्दै थिए। ‘त्यसैले लगानीका लागि कुनुपर्ने अवस्था छ’, ती लगानीकर्ताले भने।
अर्का एक लगानीकर्ताले भने बैंकको कर्जाको ब्याजदर घट्यो भने राजनीतिक गतिविधिले बजारलाई खासै असर नगर्ने बताए। ‘अब राजनीतिभन्दा पनि अर्थतन्त्रले बजारलाई हिँडाउने हो, अर्थतन्त्रमा सुधार हुँदै गइरहेको छ’, ती लगानीकर्ताले भने, ‘राम्रा, सस्ता र बलिया कम्पनीमा लगानी गरे भविष्यमा राम्रै नाफा कमाउन सकिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago