– प्रकाश न्यौपाने
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने–बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज बजार खुलेदेखि नै घटेको थियो। दिनभर नकारात्मक रहेको बजार अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको छ।
आज हामी सबैभन्दा पहिले नक्सालस्थित नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। बजार खुलेदेखि नै नकारात्मक भएकोले लगानीकर्ताहरु आजको बजारको लयबारे खुलेर बोल्न सकिरहेका थिएनन्।
नासामा केहीबेरको बसाइपछि हामी डिल्लीबजारमा रहेको कुमारी सेक्युरिटिज (ब्रोकर नं. १)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको खासै उपस्थिति थिएन। बजार १८ अंकले घटेको थियो। ‘बजारले गरीखान दिए पो लगानीकर्ता आउँछन्’, एक लगानीकर्ताले भने, ‘घटेको बजार घरमै बसेर हेर्न थाले लगानीकर्ता।’
कुमारीबाट हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. २६)मा पुग्दा करिब १ बजेको थियो। डिस्प्ले फ्लोरमा १–२ जनामात्र लगानीकर्ता देखिन्थे। उनीहरुले हामीतिर फर्केर प्रश्न गरे, ‘अब त कांगे्रसको तर्फबाट अर्थमन्त्री बन्ने पक्का छ । किन बजार घटेको होला ?’
अर्का लगानीकर्ताले भने, ‘कांग्रेस पनि माओवादी भइसक्यो। प्रचण्डले जे भन्यो त्यही मान्छ। अनि कसरी लगानीकर्ताले विश्वास गरुन् ?’
केहीबेरको बसाइपछि हामी पुतलीसडकमै रहेको श्वेता सेक्युरिटिज (ब्रोकर नं. २५)मा पुग्यौँ। त्यहाँ लगानीकर्ता आज लाभांश घोषणा गरेको नेस्डो समृद्ध लघुवित्तको चर्चा गरिरहेका थिए। ‘७३ प्रतिशत लाभांश घोषणा गर्दा पनि सेयरमूल्य किन बढ्न नसकेको हो’, एक लगानीकर्ताले प्रश्न गरे।
लघुवित्त संस्थाले कमाएर धेरै लाभांश बाँडेको देखेर राष्ट्र बैंकले डाहा गरेको अर्का लगानीकर्ताले बताए। ‘त्यही भएर राष्ट्र बैंकले धमाधम लाभांश कटौती गर्दा लगानीकर्तालाई नेष्डो समृद्ध लघुवित्तको लाभांशप्रति पनि विश्वास नभएको हो’, ती लगानीकर्ताले भने।
श्वेतापछि हामी अनामनगरमा रहेको कालिका सेक्युरिटिज (ब्रोकर नं. ४६) पुग्यौँ। बजार २५ अंकभन्दा बढी घटिसकेको थियो। त्यहाँ रहेका लगानीकर्तामध्येका एकजनाले भने, ‘प्राविधिक रुपमा १८९० को विन्दुबाट बजार फर्किनुपर्ने हो तर घटाइ देख्दा फर्केलाजस्तो छैन।’
अब सरकारले पूर्णता पाउने र बजारको सम्बोधन पनि हुने हुनाले बिक्रीभन्दा पनि आफूले खरिद बढाएको ती लगानीकर्ताले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago