काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिसम्मको वित्तीय विवरणको अध्ययन गर्दा ग्रामीण विकास लघुवित्तको प्रदर्शन कमजोर देखिएको छ । गत वर्षको सोही अविधिका तुलनामा संस्थाको नाफामा यस वर्ष ३६ दशमलव २१ प्रतिशतले कमीको वित्तीय विवरणमा उल्लेख छ । तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको नाफा १४ करोड ३७ लाखमा सीमित भएको छ । गत वर्ष संस्थाले १९ करोड ५८ लाख नाफा आर्जन गरको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा व्यापक कमी आउँदा समग्र नाफा खस्किएको हो । गत वर्ष ७३ करोड २० लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष ५९ करोड ८९ लाखमात्र खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव २२ दशमवलव २१ प्रतिशतले कम हो ।
यसैगरी यस वर्ष संस्थाको खुद सञ्चालन मुनाफामा भने उच्च गिरावट देखिएको छ । गत वर्ष २६ करोड १३ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष १८ करोड ५९ मात्र सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो । यो गत वषएका ेभन्दा ४० दशमलव ५ प्रतिशतले कम हो ।
समीक्षा अवधिसम्म संस्थाले ८ अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ भने २ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः ११ र १७ दशमलव ५८ प्रतिशतले वृद्धि गरेको हो ।
गत वर्ष ४ दशमलव ६६ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष केही वृद्धि भई ४ दशमलव ९६ प्रतिशतमा पुगेको छ ।
गत वर्ष ५५ करोड ७५ लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँ वृद्धि गरी ६५ करोड ५० लाख पुर्याएको छ भने २८ करोड ४० लाख जगेडाकोषमा रकम रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago