काठमाण्डौ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ।

ग्रामीण विकास लघुवित्तले उक्त सेयर यही असार १८ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो। लिलामीमा राख्न लागिएको सेयरको संख्या ८१ हजार २९४ रहेको छ। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ कायम गरिएको छ। जसका कारण सेयर खरिद गर्न चाहनेले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी अंकित गरी गोप्ल बोलपत्र पेस गर्नुपर्नेछ। 

विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले सेयर खरिदका लागि बोलपत्र पस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति असार २४ गते तोकिएको छ। 

सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते बिहीबार बिहान ११ बजे प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा खोलिनेछ।