काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा राखेको छ।

ग्रामीण विकास लघुवित्तले आरएमडीसी लघुवित्तमा रहेको आफ्नो स्वामित्वको ८१ हजार २९४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। यो सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी गोप्य सिलबन्दी पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी अधिकृतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। 

यसका लागि काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र पेस गर्नुपर्नेछ।