काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सदस्य दलाल कम्पनी (ब्रोकर) लाई ग्राहकको स्थायी लेखा नम्बर (प्यान) क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा प्रविष्ट गर्न निर्देशन दिएको छ।
सीडीएससीको राफसाफ प्रणाली (सीएनएस) मा नट्स (नेप्से अनलाइन प्रणाली) बाट डाटा म्यानुअली म्यापिङ गर्दा केही कठिनाइ भएकाले ब्रोकरहरुलाई सीएनएसमा आफ्ना ग्राहकको प्यान प्रविष्ट गर्न निर्देशन दिइएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। लगानीकर्ताको प्यानमा ईटीडीएस (इफाइलिङ) गर्नुपर्ने व्यवस्था रहेकाले राफसाफ प्रणालीमा आवश्यक परेका कारण ब्रोकर कम्पनीहरुलाई निर्देशन दिइएको उनको भनाइ छ।
पछिल्लो समयमा ब्रोकरहरुले समेत आफ्ना ग्राहकलाई सूचना जारी गर्दै प्यान उपलब्ध गराइदिन आग्रह गर्र्दै आइरहेका छन्। धितोपत्र कारोबारमा लाग्ने पुँजीगत लाभकर तथा अन्य कर सम्बन्धित लगानीकर्ताको प्यानमा इफाइलिङ (ईटीडीएस) गर्नुपर्ने हुन्छ। सोही कारणले प्यान उपलब्ध गराउन सम्पूर्ण लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीका ईमेल, भाइबर, मेसेन्जर, ह्वाट्स एपबाट प्यानको प्रतिलिपि पठाउन ब्रोकरहरुले जारी गरेको सूचनामा उल्लेख छ।
पाँच लाख रुपैयाँभन्दा कम सेयर कारोबार गर्ने व्यक्तिले समेत ब्रोकरलाई प्यान उपलब्ध गराएको खण्डमा करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुन्छ। यदि करचुक्ता लिन नचाहने र एकपटकमा ५ लाख रुपैयाँभन्दा कम सेयर किनबेच गर्नेका लागि भने प्यान आवश्यक नभएको ब्रोकरहरुको भनाइ छ।
नेपाल धितोपत्र बोर्डको पछिल्लो नियमानुसार धितोपत्र कारोबारमा एक पटकको कारोबार ५ लाख रुपैयाँभन्दा धेरै कारोबार गर्ने व्यक्तिले अनिवार्य प्यान आवश्यक पर्छ। करचुक्ता प्रमाणपत्र आवश्यक पर्ने व्यक्तिहरुका लागिसमेत अब इफाइलिङ (ईटीडीएस) हुने व्यवस्था भएसँगै सीडीएससीले सीएनएसमा प्यान समावेश गरी सोझै लगानीकर्ताकै नाममा लगानीकर्ताले तिरेको कर प्रविष्ट हुन्छ।
यो व्यवस्थाले आम सेयर लगानीकर्ताले अब बिनाझन्झट सजिलै करचुक्ता प्रमाणपत्र पाउने भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago