काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ।
कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्छ र यसको सुरक्षा तथा गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिनेप्रति सबै ग्राहकलाई आश्वस्त हुन अनुरोध गर्दछौँ।’
राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुनबमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्य रुपमा बढिरहेकोसमेत कम्पनीले दाबी गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19