काठमाण्डौ। सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकि एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्फत चेक आउट गर्न सक्नेछन्। 

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। 

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटीएम सञ्चालनमा रहेका छन्।