काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको भक्तपुरको ताथलीबाट २० जना ग्राहक सदस्यलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ। 

वित्तीय संस्थासँग आबद्ध सदस्यहरुको आम्दानीको स्रोत वृद्घि गराउने उद्देश्यका साथ सञ्चालन भएको तालिममा अध्यक्षता सोही शाखा प्रमुख प्रदीप लामिछानेले गरेका थिए। तालिममा रबिना रिजालले डल कुशन बनाउन प्रशिक्षण दिएका थिए। 

तालिम भदौ २९ गते सुरु भई भदौ ३१ गते समापन भएको थियो। 

आर्थिक उपार्जनका विभिन्न माध्यमहरुमध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने कुरा प्रशिक्षक रबिना रिजालले बताए। प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कुन्ताबेशी अनुगमन स्टेसन कार्यालयकी प्रमुख अम्बिका दंगालले वितरण गरेका थिए। 

विगत आर्थिक वर्षहरुमा जस्तै यस आर्थिक वर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमणलगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ। 

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार ३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। त्यस्तैगरी आफ्ना ग्राहक सदस्यलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैयाँबराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। 

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा विभिन्न किसिमका सीपमूलक तालिमहरुलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए।