काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा ग्रीन भेन्चर्सको सेयर भोलि सोमबारबाट  कारोबारमा आउने सम्भावना रहेको छ। 

यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउँछ। 

नेप्सेमा यो कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता सूचीकृत भएको छ। जसमा स्थानीयको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारणको ३१ लाख २५ हजार कित्ता र संस्थापकको २ करोड ५० लाख कित्ता छन्। 

नेप्सेले यो कम्पनीले ‘जीभीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ९१.८६ रुपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि भोलि स्पेसन प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत चैत २० गते गरिएको थियो। 

ग्रीन भेन्चर्सले आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटलाई नै सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।