काठमाण्डौ । ग्रीन भेञ्चर लिमीटेडले सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले रु. १०० दरका ६२ लाख ५० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको हो ।
कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको सम्झौता गरेको छ ।
यस्तो सम्झौता कात्तिक १९ गते भएको लक्ष्मी क्यापिटल लिमीटेडले जनाएको छ ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाषचन्द्र संघईले हस्ताक्षर गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago