काठमाण्डौ । ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी ग्रीन भेञ्चर्स लिमीटेडले पनि आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरी ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डले यो कम्पनीको आवेदनलाई पाइपलाइनमा राखेको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।
धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।
ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago