काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार दिउँसो यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

यसवर्षदेखि पहिलोपटक नतिजा ग्रेडिंग प्रणालीमा सार्वजनिक भएको हो । 

ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज(जीपीए)मध्ये विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले पत्रकार सम्मेलनमा बताए।

काप्रीका अनुसार परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।

उनका अनुसार कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए ।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए । त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए । एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ  :

३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११
२.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१
२.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६
१.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८
१.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३
०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८००० 
०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना 
नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । 

एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ : 
३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना 
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना
२.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना
२.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना
१.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना
१.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना 
०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना 
०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना 

एक्जाम्टेडतर्फ उमेर नपुगेका २७ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।