काठमाण्डौ। ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ भन्ने मूल नाराका साथ सञ्चालन भएको ग्लोबल मनी विक–२०२२ले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ।
यसअन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसमा प्रदेश नं १ को लक्ष्मी हाइयर सेकेन्डरी स्कुल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कुल, सप्तरी, बागमती प्रदेशको रनभुवनेश्वरी हाईयर सेकेन्डरी स्कुल, देवीघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेन्डरी स्कुलमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरिएको छ।
ती कार्यक्रममा उपस्थित विधार्थी, गृहिणी, वैदेशिक रोजगारमा आबद्ध सम्पूर्ण नेपालीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको छ। यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।
नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत ती कार्यक्रमबाट आग्रह गरिएको बैंकले जनाएको छ। यसबाट बंैकिङ प्रणाली मजबुत हुने विश्वास बैंकले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago