काठमाण्डौ। विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। 

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो। ती कार्यक्रममा बैंकका प्रतिनिधिहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्यार्थीको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिवृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।