काठमाण्डौ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक यस वर्ष पनि माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ। 

यस वर्ष मार्च २० तारिखदेखि २६ तारिखसम्म परेको ग्लोबल मनी विक–२०२३अन्तर्गत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कायक्रमहरु आयोजना गरेको थियो। 

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै अन्तर्क्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो। 

बैंकले आमग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरुमार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो। 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।