काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले गत चैत ७ गतेदेखि चैत १३ गतेसम्म ग्लोबल मनी विकस–२०२२ अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तर्क्रिया सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी र्यालीसमेत आयोजना गरेको थियो। 

संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवं स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनी विक–२०२२ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएका छन्।