काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले हाल केही कम्पनीहरुले धमाधम आईपीओ र डिबेन्चर जारी गरिरहेका कारण ग्राहकको सुविधालाई ध्यानमा राखेर डिम्याट खाता स्वतः नवीकरण गरिदिने भएको छ। 

वर्तमान परिस्थिति र सेयर बजारमा बढिरहेको आकर्षणलाई ध्यानमा राखेर बैंकले डिम्याट खाता स्वतः नवीकरणको व्यवस्था गरेको छ। यदि स्वतः नवीकरण गर्न नचाहने ग्राहकले नवीकरण रद्द गर्त डिम्याटखाता नम्बरसहित ‘नो रिन्यु’ भनी मोबाइल नं. ९८४१६१८३२६ मा एसएमएस गरी जानकारी गराउन पनि बैंकले अनुरोध गरेको छ। 

यसैगरी नयाँ डिम्याट खाता खोल्न चाहने काठमाण्डौ उपत्यकाका ग्राहकहरुका लागि भने बैंकको कान्तिपथ तथा कमलादी शाखाबाट छुट्टै सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको पनि बैंकले जनाएको छ। यसबाट सेवा छिटो उपलब्ध हुने बैंकको विश्वास छ। 

बैंकले अहिलेको परिस्थितिमा मेरो सेयरबाट आईपीओ र डिबेन्चरमा आवेदन दिन पनि सेवाग्राहीलाई आग्रह गरेको छ।