काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई सहयोगस्वरुप रु १ लाखबराबरको आर्थिक सहयोग गरेको छ।
संस्थाले उक्त रकमबराबरको चेक रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जीसीको रोहबरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा नगर प्रमुख जीसीले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समयसापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको बताए। उनले यस किसिमको सहयोगले आफूलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको बताए।
अस्पतालका कार्यकारी निर्देशक गौचनले ५० जनाको शय्या क्षमता भएको अस्पतालमा हाल ५१ जना कोभिडको बिरामी रहेको बताए। गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको उल्लेख गर्दैै संस्थालाई धन्यवाद दिए र विगतका दिनहरुमा पनि संस्थद्वारा सहयोग भइरहेको जानकारी गराए।
कार्यक्रममा ग्लोवल आइएमई वित्तीय संस्थाका कार्यकारी प्रमुख हरिकृष्ण जोशीले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले देशव्यापी रुपमा विभिन्न शाखाहरुमार्फत संस्थामा आबद्ध सदस्य, आमसर्वसाधारण, सुरक्षा निकाय, आश्रमलगायतमा स्वास्थ्य सामग्री, खाद्यान्न, जिन्सी तथा आर्थिक सहयोग गर्दै आइरहेको र हालसम्म करिब १३ लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरिसकेको जानकारी गराए। जोशीले वित्तीय संस्थाले यस कोभिडको विषम परिस्थितिमा संस्थाका तर्फबाट संस्थामा आबद्ध कोभिड संक्रमित सदस्य परिवारलाई आर्थिक सहयोग गर्नुका साथै संस्थामा आबद्ध सदस्य सदस्यको परिवार, आम सर्वसाधारण व्यक्तिहरुको कोभिड फाराम भरी खोप लगाउन लागिपरिरहेको र हालसम्म करिब ५ हजारजना सदस्यको अनलाइन फाराम भरिसकेको जानकारी गराएका थिए।
ग्लोबल आइएमई बैंक लिमिटेडको राष्ट्रियस्तरको सहायक कम्पनीका रुपमा यो संस्थाको केन्द्रीय कार्यालय पोखराको विजयपुरमा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago