काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तिमा परेका आफ्ना सदस्यलाई कुल रकम ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको छ।
उक्त रकममध्ये मनाङ र मेलम्चीको बाढीपहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार रुपैयाँ तथा कोरोनाभाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्चबापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए। संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियो भने आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
संस्थाले १०२ वटा शाखा कार्यालयमार्फत १ लाख २५ हजार ३८४ सदस्यलाई सेवा दिँदै आइरहेको छ। यसैगरी ६५ हजार ४३९ जना ऋणी सदस्यलाई करिब ६ अर्ब १५ रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब ६ करोड रुपैयाँ बचत संकलन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago