काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आज साउन ११ गतेबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। 

ग्लोबल आईएमई क्यापिटलले साउन ११ गतेबाट साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन गर्ने भएको हो। 

हाल ग्लोबल आईएमई क्यापिटलको निष्कासन तथा तथा बिक्री प्रबन्धकत्वमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन खुला भइरहेको छ। यो आईपीआर र हकप्रदमा आवेदन दिन सहज होस भनेर ग्लोबल आईएमई क्यापिटलले लगानीकर्ता तथा सेयरधनीहरुको सुविधालाई ध्यानमा राखेर सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउन लागेको हो।

यसका साथै क्यापिटलको काठमाण्डौस्थित न्युरो र नयाँबानेश्वर, ललितपुरस्थित लगनखेल र भक्तपुरस्थित सानोठिमी शाखाबाट पनि आवेदन फराराम लिई रितपूर्वक भरिएको उक्त आवेदन फराराम बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ।