काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख रुपैयाँबराबरको ब्याज रकम छुट प्रदान गरेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेसा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थितिमा वित्तीय संस्थामा आबद्ध ऋणी सदस्यहरुलाई राहतस्वरुप संस्थाले १० प्रतिशत ब्याज छुट प्रदान गरेको हो। 

पोखरा–२६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालय, १ लाख २८ हजार ५०३ जना ग्राहक सदस्य र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ।