काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१को आर्थिक वर्ष २०७७/७८ का लागि घोषित सतप्रतिशत नगद लाभांश इकाइधनीको बैंक खातामा जम्मा गरिएको छ। 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले गत माघ २६ गतेबाट यस योजनाको सतप्रतिशत नगद लाभांश इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको जानकारी गराएको हो। नगद लाभांश कनेक्ट आईपीएसमार्फत पठाइएको पनि क्यापिटलले जनाएको छ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई नगद लाभांश पाउन बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ। 

यसका साथै हालसम्म पनि इकाइधनीहरुले आफ्नो हितग्राही खातामा इकाइ पठाउन बाँकी रहेको देखिएको हुनाले यथाशीघ्र क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आई अभौतिकृत गर्न पनि क्यापिटलले आग्रह गरेको छ।