काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ।
पोखराको लेकसाइडस्थित टीका रिसोट्र्समा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए।
कार्यक्रममा स्टेसन प्रमुखहरुले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती र भावी रणनीतिहरु प्रस्तुत गर्दै स्टेशनको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको समापनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले लक्ष्य पूरा गर्ने उत्कृष्ट स्टेसन प्रमुखहरुलाई प्रशंसापत्र प्रदान गर्दै वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्या साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए। उनले वित्तीय संस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए।
कार्यसञ्चालन विभाग प्रमुख सुदीप आचार्यद्वारा सञ्चालित कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुलगायत १५ जना स्टेशन प्रमुखहरुको सहभागिता थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19