काठमाण्डौ। गोरखा जिल्लाको गोरखा नगरपालिका–५, काफलघारी स्थायी बसोबास गरी बस्ने भाइकाजी राना मगरका ५ सन्तानमध्येको पहिलो सन्तानका रुपमा आज भन्दा ३६ वर्ष अगाडि जन्म लिएको सीता थापा मगरको २०५९ सालमा १७ वर्षको लाउलाउ र खाउखाउको कलिलो उमेरमा १० कक्षामा पढ्दापढ्दै नै विवाह भएको थियो। एकातिर कलिलो उमेरमा नै विवाह हुनुका साथै बाबा गुमाउनुपरेको पीडा त छँदै थियो। त्यसैमाथि आमाले पनि अर्को बिहे गरेर जाँदा सारा घरपरिवार र ४ भाइहरुको जिम्मेवारीले पनि थिचेसँगै आफ्नो पढाइलाई बीचैमा छोडनुपरेको थियो।

आफूमुनिको ४ कलिला भाइहरुलाई एक्लै छाड्न नसकी आफू विवाह गरेर गएको घरमै ल्याई सीताले आफ्नो १ सन्तान, ४ भाइ र आफु तथा श्रीमान गरी ७ जनाको संयुक्त परिवारलाई लालनपालन शिक्षा दिक्षा दिँदा श्रीमानको नोकरीले मात्र घरव्यवहार धान्न गाह्रो भएको थियो। गाउँमा ऋण गर्न पनि साहु महाजनले नपत्याउने र पत्याइहाले पनि चर्को ब्याज लिने अवस्था थियो। 

ऋणको पहुँच पनि सहज र सरल तरिकाको नभएकाले २०७२ साल मंसिर महिनामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (साबिकको रिलायबल माइक्रोफाइनान्स) का कर्मचारीले सीतालाई भेट गरी संस्थाले दिने सेवासुविधाका बारेमा राम्रो जानकारी गराए। त्यसपछि आफूलाई पनि राम्रो लागेर १५ जना दिदीबहिनीलाई जम्मा गरी कर्मचारीलाई बोलाई ५ दिनको अनिवार्य समूह पूर्वतालिम सहभागी भई वित्तीय संस्थाको सदस्य बनेको सीताले बताइन्।

केही समयपछि सीतालाई श्रीमानको कमाइमा मात्र भर परेर भएन। आफ्नो कमाइमै अत्मनिर्भर हुनुपर्छ भन्ने लागेर उनले २०७३ वैशाख ६ गतेका दिन किराना पसलमा लगानी लगाउनु पर्यो भनी ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाबाट प्रथम पटक सुरुमा रु. १५हजार माग गरेर सीताले पसलमा लगानी गरिन्। उनले दोस्रोपटकमा रु. ५० हजार लगानी लिएर सानो बंगुरको खोर बनाई एउटा बंगुर राखी अरु बचेको पैसा किराना पसलमा लगानी थप गरिन्। 

आफूले गरेको व्यवसाय तथा पशुपालनबाट आएको नाफाले किस्ता तिर्दै केही रकम बचत गर्दै र श्रीमानकोे जागिरबाट प्राप्त रकम बचत गरी घडेरी किन्न सीता सफल भइन्। यसका साथै पुनः २०७५ जेठ ६ गते रु. २ लाख माग गरेको पैसा र श्रीमानको जागिर छोड्दाको पैसा संकलन गरी हाल उनले १ सटर भएको ६ कोठाको पक्की घर बनाई गास, बास र कपासको पनि राम्रो व्यवस्था मिलाइन्। व्यवसायलाई फेरि थप विस्तार गर्नका लागि सीताले २०७६ असोज ७ गते रु. २ लाख लगानी गरी घरमै फ्रेसहाउस सञ्चालन गरी बचेको पैसाले कुखुराको सानो खोर बनाई व्यवसाय थप वृद्धि गरी आयआर्जन गर्न थालेकी छन्। 

सीताका अनुसार ग्लोबल आइएमई लघुवित्तले आफूलगायत धेरै दिदीबहिनीलाई मेहनती, इमान्दारी, साहसी र लघुउद्यमी महिला हुन सिकाएको छ। ‘यस संस्थाले हामीजस्ता निम्न आयस्तर भएका व्यक्तिहरुलाई उद्यमी बन्न सिकाइ जीवनलाई परिवर्तन गर्न ज्यादै महत्वपूर्ण भूमिका खेलेको छ’, सीताले भनिन्। 

२०७७ चैत ८ गते बंगुर पालनका लागि थप रु.२ लाख कर्जा माग गरी पशुपालन तथा किराना पसलमा लगानी लगाई आफ्नो आयस्तर बढाउन तथा छोराको उच्च शिक्षा हासिल गराउनका लागि आफू लागिपरेको सीताले जानकारी दिइन्। 

आज सीताले गरेको व्यवसायबाट आफ्ना श्रीमान र भाइबुहारी समेतले बेरोजगार बस्नुपरेको छैन। दैनिक व्यवसायबाट रु. ८ हजार गरी मासिक २ लाख ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको सीता बताउँछिन्। ‘म आजको दिनमा यतिको सक्षम, सबल तथा सफल हुन यस वित्तीय संस्थाको साथ र सहयोग पाएर नै अगाडि बढ्न सकेको हो’, उनले भनिन्, ‘हाल मेरो चन्द्र एन्ड सीता पशुपालन फर्ममा १७ वटा बंगुर, २२ वटा कुखुरा, ८ वटा बाख्रा तथा आफ्नो घरमै किराना पसल, फ्रेस हाउस आदि व्यवसाय सञ्चालन गरी घरका सबै सदस्यलाई व्यवसायमा रोजगारी मिलेको छ।’  

यस संस्थाले घरदैलोमा पुगेर वित्तीय सेवा प्रदान गर्दा आफूजस्ता निम्नस्तर भएका व्यक्तिको जीवनमा सफलता ल्याउन ज्यादै महत्वपूर्ण भुमिका खेलेको सीता बताउँछिन्। ‘यस संस्थाप्रति मलगायत मेरा केन्द्रका दिदीबहीनीहरुको ज्यादै लगाव तथा विश्वास पनि बढेकोले अब आउने दिनहरुमा पनि यस्तै—यस्तै किसिमको साथ सहयोग पाइराखुँ ग्लोवल आइएमई लघुवित्तलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’, उनले भनिन्।