काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा–२७ एकताटोल कुमालगाँउमा रहेको श्री कल्याण आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण गरेको छ। 

विद्यालय प्राँगणमा आयोजित एक कार्यक्रमबीच संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले विद्यालयकी प्रधानाध्यापिका सरस्वतीदेवी भण्डारीलाई उक्त युरोगार्ड हस्तान्तरण गरेका हुन्। 

यसका साथै उक्त कार्यक्रममा संस्थाले विद्यार्थीलाई ४०० थान कपीसमेत वितरण गरेको थियो। 

वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषमार्फत विद्यालयका शिक्षक तथा विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाई स्वस्थ्य रहनका लागि उक्त सहयोग गरिएको खड्काले बताए। 

प्रधानाध्यापिका भण्डारीले दूषित पानी पिँउदा झाडापखला जस्ता विभिन्न रोग संक्रमण फैलिने भएको हुँदा शुद्ध पानीको व्यवस्थापन गर्न युरोगार्ड जडान गरिने बताइन्। वित्तीय संस्थाले विद्यालयमा युरोगार्ड सहयोग गरेकोमा धन्यवाद दिँदै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा राखिन्।