काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ। 

यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदीप आचार्यले जानकारी दिए।

कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार विद्यार्थीलाई जनही रु. ३० हजारका दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ।

संस्थाले ग्राहक संरक्षण कार्यक्रममार्फत सदस्यका छोराछोरी तथा गरिब जेहन्दार विद्यार्थीको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसअघिसमेत विभिन्न विधालयमा शैक्षिक साम्रगी वितरण, स्वच्छ पिउने पानीका लागि फिल्टर,  सरसफाइका साम्रगी वितरणजस्ता कार्यसमेत संस्थाले गरिसकेको छ। 

संस्थाको ११९ वटा शाखा कार्यालयमा १ लाख ४७ हजारभन्दा बढी सदस्य तथा ऋणी ७५ हजार ५०० भन्दा बढिरहेका छन्। हालसम्म ८ अर्ब ५० करोड कर्जा लगानी गरेको संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले जानकारी गराए।